ताजा समाचार

कोरोनाले युरोपेली राष्ट्र इटली, स्पेन र फ्रान्समा एकैदिन ५०१ जनाको मृत्यु !

काठमाडौं । कोरोना भाइरसले अहिले युरोपेली मुलुकमा सन्त्रास फैलाइरहेको छ ।

युरोपेली यूनियनमा आबद्ध मुलुक इटली, स्पेन र फ्रान्समा एकैदिन ५ सय १ मानिसको ज्यान गएको छ । चीनपछि ठूलो संख्यामा मानिसहरु कोरोना भाइरस संक्रमणका कारण युरोपमा भयवित बन्नन पुगेका हुन् । उच्च सतर्कताकै बीच इटली, स्पेन र फ्रान्समा कोरोनाले एकैदिनमा भएको यो अहिलेसम्मकै उच्च मृत्यु हो ।

बीबीसीका अनुसार, इटलीमा आइतबार ३ सय ६८ कोरोना संक्रमतिको ज्यान गएको छ । योसँगै इटलीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ९ पुगेको छ । आइतबारै ३ हजार ५ सय ९० नयाँ बिरामी थपिएका छन् । यहाँको कुल कोरोना संक्रमितको संख्या २४ हजार ७ सय ४७ छ ।

युरोपेली युनियनमा आबद्ध अर्को मुलुक स्पेनमा पनि एकैदिन ९७ मानिसको मृत्यु भएको छ । हालसम्म १ हजार ४ सय ५४ को ज्यान गइसकेको स्पेनमा कुल संक्रमित संख्या ७ हजार ८ सय ४५ छ ।

फ्रान्समा पनि कारोनाको संक्रमण र मृत्युदर ह्वात्तै बढेको छ । बीबीसीका अनुसार, फ्रान्समा आइतबार ३६ जनाको ज्यान गएको छ । योसँगै फ्रान्समा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ सय २७ पुगेको छ ।

चीन उद्गम भएर फैलिएको कारोना भाइरस चीनमा नियन्त्रणउन्मुख देखिएको छ । तर, युरोपेली मुलुकहरूमा सरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org