ताजा समाचार

ट्रम्पको अभिव्यक्तिप्रति चीनको कडा आपत्ति

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिव्यक्तिप्रति चीनले कडा आपत्ति जनाएको छ ।

राष्ट्पति ट्रम्पले कोरोना भाइरस (कोभिड-१९)लाई चिनियाँ भाइरसको संज्ञा दिदै कोरोनाप्रति चीनलाई मुछ्ने अभिव्यक्तिहरु दिइरहेका छन् ।

ट्रम्पको यस्तो अभिव्यक्ति आएपछि चिनियाँ विदेशमन्त्रालयले कडा आपत्ति जनाएको हो । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले अमेरिकालाई चेतवानी दिँदै भने, ‘चीनलाई दुर्व्यहार गर्नुअघि उनीहरुले ‘उनीहरुको काममा ध्यान केन्द्रीत’ गर्नुपर्छ ।’

पछिल्लो साता चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले पनि कोरोना भाइरस फैलाएको दोष अमेरिकी सेनामाथि लगाएका थिए । उक्त आरोपको अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले चीनले गलत हल्ला फैलाएको भन्दै आपत्ति जनाएका थिए ।

चीनको उहानबाट सुरु भएको कोरोना महामारीले विश्वका १ लाख ९० हजारभन्दा बढी संक्रमित भैसकेका छन् भने करिब ८ हजारको मृत्यु भइसकेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org