ताजा समाचार

‘लकडाउन’ नेपाल : सुनसान काठमाडौं (फोटो फिचर)

काठमाडाैँ ।   सरकारले एक हप्ते लकडाउनलाई कडाइका साथ लागू गर्न सुरक्षाकर्मी परिचालन गरेको छ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीले काठमाडौं उपत्यकाका सबैजसो चोकमा बिहानैदेखि प्रहरीको तैनाथी बाक्लो गरिएको जनाएको छ। सडकमा मानिसहरुको कम भन्दा कम गराउने उद्देश्यले कार्यालयले ठाउँ ठाउँमा प्रहरीको तैनाथीलाई बाक्लो बनाएको हो।

बिहान ६ बजेदेखि नै लकडाउन सुरु भइसकेको अवस्थामा सडकमा निस्किएका सर्वसाधरणलाई सुरक्षाकर्मीले रोक्दै घर फर्काइरहेका छन्। लकडाउन सुरु भएपछि काठमाडौंको सडक करिब सुनसान जस्तै छ।

सुरक्षाकर्मीहरुले सडकमा निस्किएका मानिसहरुलाई कडाइका साथ सोधखोज र चेकजाँच गरिरहेकाले बाहिर निस्कँदा ख्याल गर्नुपर्ने भएको छ। महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डिआइजी विश्वराज पोखरेलले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर मानिसहरुलाई सडकमा निस्कनबाट रोक्ने अभियान थालिएको जानकारी दिएका छन्।

सजायमा परिएला?

सरकारले लकडाउन सफल बनाउन दुईवटा कानुनलाई सक्रिय बनाएको छ। सोमबार भएका निर्णयानुसार संक्रामक रोग ऐन, २०२० को दफा २ को उपदफा (२) बमोजिम जारी आदेशको कार्यान्वयनका लागि आवश्यक व्यवस्था मिलाउन नेपाल राज्यका सबै प्रमुख जिल्ला अधिकारीलाई मुकरर गर्ने निर्णय गरेको छ।

त्यसका लागि स्थानीय प्रशासन ऐन, २०२८ को समेत आवश्यकता अनुसार प्रयोग गर्ने, ८. संक्रामक रोग ऐन, २०२० अन्तर्गत जारी आदेशको अपहेलना गर्ने वा काममा बाधा पुन्याउने व्यक्तिलाई सोही ऐन बमोजिम सजाय हुने व्यवस्था गरिएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org