यो महामारीलाई परास्त गर्न राज्य र नागरिकबीचको सहकार्य जरुरत छः डा. भट्टराई
काठमाडाैँ । पुर्वप्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले राज्य र नागरिकबीचको सहकार्यले मात्रै कोरोना भाइरस (कोभिड १९)को महामारीलाई परास्त गर्न सक्ने बताएका छन्।
बिहीबार समाजिक सञ्जाल फेसबुमार्फत भिडियो सन्देश जारी गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले राज्य र जनताबीच सहकार्य नभए यो महामारीलाई परास्त गर्न नसकिने बताए।
‘यो महामारीलाई राज्य र नागरिकबीचको सहकार्यले मात्रै परास्त गर्न सक्छौँ’, भिडियो सन्देशमा भट्टराईले भनेका छन्, ‘मुख्य दायित्व राज्यले लिने हो, नीति निर्माण र कार्यान्वयन गर्न हो। तर, आम जनताको सहभागिता त्यसमा भएन, राज्य र जनताबीच भएन भने पनि हामीले यसलाई परास्त गर्न सकिँदैन।’
उनले तीन तहका सरकारबीच तालमेल मिलाउने र स्थानीय तहमा सर्वपक्षीय संयत्र निर्माण गरेर सहकार्य गरेर यसलाई परास्त गर्नुपर्ने बताए।
उनले बन्दाबनदी (लकडाउन)का समयमा विभिन्न तनाव हुने, विभिन्न आशंका उब्जिने अवस्था आउने भन्दै चिन्ता नलिइ चिन्तन गर्न सबैमा आग्रह गरेका छन्।
‘मनोविज्ञानवेत्ताहरु र योगशास्त्रीहरु भन्छन् यस्तो बेलामा हामी जति तनाव मुक्त हुन सक्यो, सकारात्मक सोच राख्न सक्यो उती हाम्ररो प्रतिरोधी क्षमता बढ्छ र यस्ता रोगहरुलाई हामीले प्रतिरोध गर्न सक्छौँ’, उनले भने, ‘त्यसैले म यहाँहरुलाई आग्रह गर्दछु, हामी तनावमा पर्ने होइन्, चिन्ता गर्ने होइन, चिन्तन गर्ने हो। यो महाव्याधीपछि पनि जीवन रहन्छ, संसार रहन्छ र हामी अझै उन्नत र सुखमय जीवन भन्ने सकारात्मक सोच हामीले राख्नुपर्दछ।
उनले नेपाल प्राकृतिक हिसाबले सुन्दर रहेको र संस्कृतिक हिसाबले पारिवारिक जमघटमा रमाउने बानी रहेको बताउँदै उनले आफ्ना रुची अनुसार आफूलाई व्यस्त राख्ने बताए।
‘यो हामीले आफैबाट अलग भएर बसेको अवस्था होइन, वास्तवमा हामीले हाम्रो मुख्य दुस्मन कोरोना भाइरलाई अलग्याएको अवस्था हो, हामीले उसलाइ बन्दाबन्दी गरेको अवस्था हो’, उनले भनेका छन्, ‘किनकि यसको चरित्र भनेकै एउटा व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने हो, उसलाई सर्न नदिनका निम्ति केही समय अलग रहनु परेको अवस्था हो। यसमा हामी स्पष्ट भयौ भने हामी तनावमुक्त रहन सक्छौँ र यो रोगबाट मुक्त हुन सक्छौँ।’
अध्यक्ष भट्टराई विदेशबाट आएका नेपाली नागरिकहरुलाई दुई हप्ता क्वारेन्टिनमा बसेर मात्र परिवारसँग जोडिन आग्रह गरेका छन्।
अध्यक्ष भट्टराईले कोरोना महाव्याधीको समयमा अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, आपूर्ति (खाद्य, पानी, औषधि आदि) उपलब्ध गराउन खटिएकासबै्, सफाइकर्मी, सञ्चारकर्मीलगायत सबैलाई सम्मान व्यक्त गरेका छन्।
त्यस्तै उनले विपन्न नागरिक, मजदूर, अशक्तलगायतलाई राहतको व्यवस्था गर्न समेत सरकारसँग माग गरेका छन्।
Comments
अरु समाचार
-
कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन : गृहमन्त्री लामिछाने
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुन नहुने बताउनुभएको छ । बाँकेको...
-
मन्त्रिपरिषद्को बैठक बस्दै, बजेट अधिवेशन आह्वानको तयारी
काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दैछ। बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दिउँसो २ बजे बोलाएको छ। आजको बैठकमा सरकारले संघीय संसदको...
-
सबै श्रमिकलाई सरकारले सामाजिक सुरक्षा कार्यक्रमको दायरामा ल्याउनुपर्छ: शंकर पोखरेल
काठमाडाैं । सत्तारुढ दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले सबै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको दायरामा ल्याउन सरकारसँग आग्रह...
-
श्रमिकको समस्या समाधान गर्न सरकारले सुरु गर्यो ‘श्रमाधान’ सेवा
काठमाडौं । श्रमिकका विभिन्न समस्या, गुनासो र जिज्ञासालाई समाधान र सुधार गर्ने उद्देश्यसहित सरकारले श्रमाधान सेवाको थालनी गरेको छ ।...
-
श्रमिक अधिकार कार्यान्वयन गरी सामाजिक सुरक्षाको प्रत्याभूति जरूरीः पूर्वप्रधानमन्त्री खनाल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानीत नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधानप्रदत्त श्रमिक अधिकारलाई कार्यान्वयन गरी रोजगारीको...
-
विधेयक पारित नगरी अन्त्य भयो कर्णाली प्रदेशसभाको तेस्रो अधिवेशन
काठमाडौं । कर्णाली प्रदेशसभाको तेस्रो अधिवेशन ११ वटा बैठक बसेर अन्त्य गरिएको छ । बैठकले कुनै पनि विधेयक पारित गर्न...
-
एकीकृत समाजवादी महाधिवेशनको तयारी सुरु
काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (एकीकृत समाजवादी) ले महाधिवेशनको तयारीलाई तीव्र बनाएको छ । महाधिवेशन मूल व्यवस्थापन कमिटीले अन्य कमिटीलाई...
-
उपचुृनावको नतिजाले एमाले उत्साहित,नयाँ शक्तिको भविष्य अन्योल
काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा गरी दुई वटा सिटमा भएको उपचुनावमध्ये दुवै सिट नेकपा एमालेले जितेको छ ।...
-
सीके राउतले रवि लामिछानेलाई दिए यस्तो सुझाव: जमानत जफत भएपछि अब विचार गर्नुहोला
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले इलाम–२ मा भएको उपनिर्वाचनमा आफ्नो पार्टीले अपेक्षा गरेकै जस्तो मत आएको बताएका छन्...