ताजा समाचार

नेकपा स्थायी कमिटी बैठक स्थगित

काठमाडौं । नेकपा स्थायी कमिटीको बैठक स्थगित  भएको छ ।

आज ११ बजेका लागि बोलाइएको बैठक अर्को सूचना नहुन्जेल सम्मका लागि  स्थगित गरिएको नेकपा महासचिव विष्णु पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार कोरोना सङ्क्रमणको त्रास बढेकाले बैठक स्थगित गरिएको हो । स्थायी कमिटीका सबै सदस्यको स्वास्थ्य परीक्षण नगरिएकाले पनि तत्काल बैठक बस्न नसकेको हो ।

सांसदहरुको कोरोना परीक्षण गरिए पनि स्थायी कमिटीका सबै सदस्य भने सांसद नरहेकाले केही स्थायी कमिटीका सदस्यहरुको परीक्षण नभएको नेकपाले जनाएको छ ।

नेकपाका ४५ सदस्यीय स्थायी कमिटी छ । आमन्त्रितसमेत गरी ५१ जना पुग्छन् । अग्नि सापकोटा सभामुख चयन भएकाले अहिले नेकपामा ५० जना मात्र स्थायी कमिटी सदस्य छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org