एमसीसी छिटो पास गर्नुपर्छ भनेका देउवालाई भीम रावलले सम्झाए महाकाली सन्धि
एमसीसीका योजना नीति तथा कार्यक्रममा राख्नु राष्ट्रहित विपरीत
काठमाडौँ । सत्तारुढ नेकपाका नेता भीम रावलले अमेरिकी सहयोग नियोगसँग गरिएको एमसीसी सम्झौताका परियोजना सरकारले नीति तथा कार्यक्रममा राख्नु राष्ट्रहित र जनताको आवाजविपरीत हुने बताएका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि बोल्दै उनले सरकारले पछाडिको ढोकाबाट एमसीसी घुसाउन खोजेको पनि आरोप लगाए ।
नीति तथा कार्यक्रममा एमसीसी स्पष्ट रूपमा उल्लेख नगरिए पनि त्यसमा राखिएका विद्युत ट्रान्समिसन लाइनका योजना नीति तथा कार्यक्रममा राखिएका छन् । त्यसलाई सांसद रावलले ‘एमसीसी पछाडिको ढोकाबाट आउन खोजेजस्तो लागेको’ भन्दै शंका गरेका हुन् ।
एमसीसीबारे नेकपाभित्र विरोध गर्दै आएका रावलले भने, ‘एमसीसीसँग सम्बन्धित जुन कुरा यहाँ परेको छ । त्यो भयो भने नेपाली जनताले उठाउँदै आएको आवाज विपरीत हुने छ । राष्ट्रहितविपरीत हुनेछ । स्वाधीनता र स्वतन्त्र देशको हैसियतमा पैसामा साट्न सकिँदैन,’ उनले भने ।
प्रमुख प्रतिपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबारको बैठकमा एमसीसी तत्काल पारित गर्न सरकारसँग माग गरेका थिए । उनले आगामी दिनमा वैदेशिक सहयोग नआउने भएकाले अमेरिकी सहयोग स्वीकार गर्नुपर्ने धारणा राखेका थिए ।
देउवातिर संकेत गर्दै रावलले महाकाली सन्धि सम्झिएका थिए । उनले त्यतिबेला महाकाली सन्धि पनि तत्काल पास गर्नुपर्छ भन्नेमा देउवा रहेको बताए । ‘नेपाली कांग्रेसका एक नेताले भन्नुभयो यो छिटो पास गर्नुपर्छ । उहाँले महाकाली सन्धिमा पनि त्यस्तै भन्नुभएको थियो,’ रावलले भने । महाकाली सन्धि पूर्ण कार्यान्वयन नभएर नेपाललाई घाटा भएको उनको भनाइ थियो । ‘त्यसमा १०-१० वर्षमा पुनरावलोकन हुनेछ भन्ने कुरा भएको थियो, त्यसको न पुनरावलोकन भयो न कार्यान्वयन भयो,’ रावलले भने ।
सरकारले मुलुकमा अन्तर्राष्ट्रिय औद्योगिक क्षेत्र खोल्ने भन्ने कुरा नीति तथा कार्यक्रममा राखेकोबारे पनि रावलले आशंका गरेका छन् । उनले कुन कानुनअन्तर्गत त्यस्ता योजना ल्याएको भन्ने स्पष्ट नभएको बताए ।
नीति तथा कार्यक्रमले कोरोनाले पार्ने प्रभावलाई मध्यनजर गरेर शिक्षा तथा स्वास्थ्य क्षेत्रका लागि ल्याएका परियोजना सही भएको रावलको भनाइ थियो । विदेशबाट फर्किने नेपाली नागरिकका लागि रोजगारीका कार्यक्रम ल्याउनुपर्ने उनले सुझाव दिएका छन् ।
सांसद रावलले नेपालले एकातिर कोरोनाको त्रासबाट कसरी जोगिने भनेर लाग्नुपरेको र अर्कोतिर भारतले भूमि मिचेको कुराको प्रतिरोध गर्नुपर्ने कुरा आइलागेको बताए । भारतले नेपाली भूमिमा सडक निर्माण गरेकोमा उनले आपत्ति जनाएका छन् ।
सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र समेटेर नक्सा सार्वजनिक गर्ने कुराको रावलले समर्थन गरेका छन् । उनले भूमि फिर्तका लागि पहल गर्न पनि सरकारलाई सुझाव दिएका छन् ।
Comments
अरु समाचार
-
आजको विदेशी मुद्रा विनिमय दर कति ? युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौँ : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ...
-
राष्ट्रसंघ महासभाको अधिवेशनमा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग...
-
‘‘संविधानको पूर्ण कार्यान्वयन भए जनताको निराशा हटनेछ’’: मन्त्री गुरुङ
काठमाडौं । संविधान कार्यान्वयनका नौ वर्षलाई हेर्दा निराश हुनुपर्ने अवस्था छैन । विश्वका अन्य देशमा नयाँ संविधान बनिसकेपछिको अभ्याससँग तुलना...
-
संवैधानिक स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्ने बताएका छन् । संविधान दिवसका अवसरमा आज...
-
संविधानको मर्मअनुरुप काम गर्नुपर्छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको मर्मअनुरुप कार्यसम्पादन गर्नुपर्नेमा जोड दिएका छन् । साथै उनले मुलुकलाई सामाजिक न्यायसहित...
-
जम्मू–कश्मीर विधानसभा चुनावमा ५९.१९ प्रतिशत मतदान
दिल्ली । जम्मू–कश्मीरमा बुधबार भएको विधानसभा चुनावको पहिलो चरणमा साँझ पाँच बजेसम्म ५९ दशमलव १९ प्रतिशत मतदान भएको छ ।...
-
संविधान दिवस २०८१ आज हर्षोल्लासका साथ मनाइँदै
काठमाडौँ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । नेपाल...
-
दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीलाई अदालतले दियो अनुमति
काठमाडौं । बी एन्ड सी मेडिकल कलेज झापाका सञ्चालक दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बुधबार काठमाडौं जिल्ला...
-
वनमन्त्री शाहीसँग कतारका राजदूतको शिष्टाचार भेट
काठमाडौं । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीसँग नेपालका लागि कतारका राजदूत मिशाल मोहमद अल अन्सारीले शिष्टाचार भेट भएको...