ताजा समाचार

मन्त्रिपरिषद् बैठक बस्दै: लकडाउनको मोडालिटी परिवर्तन हुने

काठमाडौँ । सरकारले कोरोनाभइरस रोकथाम र नियन्त्रणका लागि अपनाएको लकडाउनको मोडालिटी परिवर्तन गर्ने भएको छ ।

त्यसबारे निर्णय गर्न बिहीबार अपरान्ह चार बजेका लागि मन्त्रिपरिषद बैठक बोलाइएको छ । मन्त्रिपरिषद बैठकले लकडाउनबारे निर्णय हुनसक्ने एक मन्त्रीले  जानकारी दिए । उनका अनुसार लकडाउनले थप समस्या सिर्जना हुन नदिन प्रधानमन्त्री चिन्तित रहेको र यसको विकल्पसमेत खोजी भइरहेकाले त्यसबारे निर्णय हुनसक्नेछ ।

‘हिजै प्रधानमन्त्रीले विज्ञहरुसँग छलफल गर्नुभएको छ । त्यो छलफलमा पनि मोडालिटी परिवर्तनको सुझाव आएको छ । यसअघि उच्चस्तरीय समितिको बैठकमा पनि यसबारे सामान्य छलफल भइसकेकाले आजको बैठकले लकडाउन मोडालिटीमा हेरफेर गर्नसक्छ’, ती मन्त्रिको भनाइ छ ।

सरकारले पछिल्लो पटक आगामी जेठ ३२ गतेसम्म लकडाउन घोषणा गरेको छ । चैत ११ यता लगातारको लकडाउनले मानिसहरुको जनजीवन प्रभावित हुनुका साथै आर्थिक गतिविधिमा समेत असर गरेकाले यसको मोडालिटी परिवर्तन गर्न सर्वसाधारणको माग र विज्ञहरुको सुझाव रहँदै आएको छ । यसै विषयमा प्रधानमन्त्री ओलीले बुधबार साँझ विज्ञहरुसँग ५ घण्टा परामर्श गरेका थिए । परामर्शमा स्वास्थ्यविद, अर्थविद, योजनाविद् लगायतले लकडाउनको मोडालिटी परिवर्तन गर्न प्रधानमनत्री ओलीलाई सुझाव दिएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org