ताजा समाचार

गण्डकीमा बिहानै थपिए २० कोरोना संक्रमित 

काठमाडाैँ । गण्डकी प्रदेशमा थप २० जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ ।

गएराति गरिएको परीक्षणमा गण्डकीका थप २० जनामा कोरोना पोजिटिभ देखिएको हो ।

नयाँ संक्रमितमा स्याङ्जाका १० र नवलपरासी (पूर्व) का ८ जना रहेका गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए । उनका अनुसार आज थपिएका २० संक्रमितमध्ये २ जना महिला रहेका छन् ।

नयाँ कोरोना पुष्टि भएका सबै केही दिनअघि भारतबाट आएर क्वारेन्टाइनमा बसिररहेका थिए ।

उनीहरूलाई अहिले सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजानी तयारी भइरहेको निर्देशक शर्माले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org