ओली र दाहाल बोलेपछि नेकपा स्थायी कमिटी बैठक सकियो, अर्को बैठक शुक्रबार बस्ने
काठमाडौँ । सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक सकिएको छ ।
बुधबार बिहान साढे ११ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले बैठकलाई सम्बोधन गरेका थिए ।
बैठकले छलफलका लागि सात एजेण्डा पनि तय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । ‘आज एजेण्डा तय गर्ने र अध्यक्षद्वयले धारणा राख्ने काम भयो । अब अर्को बैठकमा असार १२ गते बस्ने र सबै सदस्यहरुले खुलस्त आफ्ना धारणा राख्ने सहमति पछि बैठक सकियो,’ श्रेष्ठले भने ।
बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीले अहिलेको परिस्थितिमा पार्टी, सरकारको कामबारे सकारात्मक सन्देश जानेगरी आफ्ना सुझाव, आलोचना र जिम्मेवारीपूर्वक छलफल गर्न आग्रह गरेका थिए । अध्यक्ष दाहालले पार्टी, कम्युनिस्ट आन्दोलन, देशको परिस्थिति, आदर्शलाई केन्द्रमा राखेर जिम्मेवारीका बारेमा गम्भिरतापूर्वक छलफल गर्न आग्रह गरेका थिए ।
बैठकमा वर्तमान परिस्थिति र स्थायी कमिटीको बैठकका सम्बन्धमा अध्यक्षद्वयको मन्तव्य, कोभिड १९ रोकथाम, नियन्त्रण र उपचारबारे छलफल, सीमा समस्या र समाधान, सरकारका कामको समीक्षा, पार्टी एकताका बाँकी कामहरु, एमसीसी र विविध गरी सात एजेण्डा तय भएका छन् ।
विविधमा रुकुम घटनाको सन्दर्भ, प्रतिनिधिसभामा पेश भएको नागरिकता विधेयक र कोभिड– १९ को संकटका सन्दर्भमा सरकारले सबै कर्मचारीले बैठक भत्ता नलिने निर्णय गरेको सन्दर्भमा संघीय सांसद र प्रदेश सांसदले पनि बैठक भत्ता नलिने गरी अन्य पार्टीहरुसँग छलफल गर्ने निर्णय भएको प्रवक्ता श्रेष्ठले बताए ।
Comments
अरु समाचार
-
आजको विदेशी मुद्रा विनिमय दर कति ? युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौँ : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ...
-
राष्ट्रसंघ महासभाको अधिवेशनमा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग...
-
‘‘संविधानको पूर्ण कार्यान्वयन भए जनताको निराशा हटनेछ’’: मन्त्री गुरुङ
काठमाडौं । संविधान कार्यान्वयनका नौ वर्षलाई हेर्दा निराश हुनुपर्ने अवस्था छैन । विश्वका अन्य देशमा नयाँ संविधान बनिसकेपछिको अभ्याससँग तुलना...
-
संवैधानिक स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्ने बताएका छन् । संविधान दिवसका अवसरमा आज...
-
संविधानको मर्मअनुरुप काम गर्नुपर्छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको मर्मअनुरुप कार्यसम्पादन गर्नुपर्नेमा जोड दिएका छन् । साथै उनले मुलुकलाई सामाजिक न्यायसहित...
-
जम्मू–कश्मीर विधानसभा चुनावमा ५९.१९ प्रतिशत मतदान
दिल्ली । जम्मू–कश्मीरमा बुधबार भएको विधानसभा चुनावको पहिलो चरणमा साँझ पाँच बजेसम्म ५९ दशमलव १९ प्रतिशत मतदान भएको छ ।...
-
संविधान दिवस २०८१ आज हर्षोल्लासका साथ मनाइँदै
काठमाडौँ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । नेपाल...
-
दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीलाई अदालतले दियो अनुमति
काठमाडौं । बी एन्ड सी मेडिकल कलेज झापाका सञ्चालक दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बुधबार काठमाडौं जिल्ला...
-
वनमन्त्री शाहीसँग कतारका राजदूतको शिष्टाचार भेट
काठमाडौं । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीसँग नेपालका लागि कतारका राजदूत मिशाल मोहमद अल अन्सारीले शिष्टाचार भेट भएको...