ताजा समाचार

पाेखरामा झडपपछि कोरोना संक्रमितको शव व्यवस्थापन

पाेखरा । गण्डकीमा कोरोना संक्रमणले मृत्यु भएका दोस्राे व्यक्तिको शव व्यवस्थापनमा पनि स्थानीयले अवरोध गरेका छन् ।

यद्यपि नेपाली सेनाले शव व्यवस्थापन भने गरिसकेको छ ।
गएराति पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा स्याङ्जाको आँधीखोला गाउँपालिका १ सिरुबारीका ५५ वर्षीय पुरुषको कोरोना संक्रमणले निधन भएको थियो।

पोखरा महानगरले उक्त शव वडा नं ३२ स्थित सेती नदी किनारमा अन्त्येष्टि गर्ने भनेर जग्गा खोज्यो । तर, स्थानीयले टायर बालेर बाटो अवरुद्ध गर्ने प्रयास गरे । प्रहरी नै परिचालन गर्नुपर्‍यो । जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुवास हमालले सामान्य झडप भएको बताए । प्रहरीले स्थानीयको भीड व्यवस्थापन गरेपछि मात्रै संक्रमितको शव व्यवस्थापन गरिएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org