ताजा समाचार

ऐश्वर्या र छोरी आराध्यामा पनि कोरोना संक्रमण

काठमाडाैँ । अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्या बच्चनलाई पनि कोरोना संक्रमण देखिएको छ ।

आइतबार ३ बजे आएको रिपोर्टमा उनीहरूलाई कोरोना संक्रमण देखिएको बलिउड मिडियाले उल्लेख गरेका छन् ।

अमिताभकी श्रीमती जया बच्चनको कोरोना रिपोर्ट भने नेगेटिभ आएको छ । बच्चन परिवारबाट अभिनेता अमिताभ बच्चन र अभिनेता अभिषेक बच्चनलाई कोरोना संक्रमण देखिएको थियो । हाल उनीहरू अस्पताल भर्ना भएका छन् । उनीहरू अहिले नानाभाती अस्पतालमा उपचाररत छन् ।

बच्चन परिवारमा कोरोनाको संक्रमण देखिएपछि उनीहरूको निवास ‘जलसा’लाई सिल गरिएको छ ।

उनीहरूको परिवारसँग नजिक भएका व्यक्तिहरूको पहिचान गरी क्वारेन्टाइनमा राखिएको छ । उनीहरूको पनि कोरोना परीक्षण भइरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org