ताजा समाचार

प्रधानमन्त्रीसँगको छलफलमा देउवाले भने- लिएका सुझाव कार्यान्वयन गर्नुहोस्

काठमाडौं। प्रधानमन्त्रीसँगले बोलाएको कोरोनाको जोखिम नियन्त्रण र रोकथामबारेको परामर्शमा सहभागी भएका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा बाहिरिएका छन् ।

परामर्शमा आफ्ना धारणा राखेर देउवा बाहिरिएको बालुवाटार स्रोतले जानकारी दिएको छ । परामर्श बैठकमा उनले आफूहरुले राखेको सुझाव कार्यान्वयन गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए । उनले सुझाव लिने मात्र नभइ कार्यान्वयन गर्नुपर्ने बताएका थिए ।

देउवाले कोरोना नियन्त्रणमा सरकारले आफूहरुले दिएको सुझाव अनुसार काम नगर्दा भयाबह स्थिति आउन लागेको भन्दै सरकारका कामकारवाही प्रभावकारी हुन नसकेको बताएका थिए ।

बैठकपछि बालुवाटारमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै देउवाले भने, ‘हामीले सुझाव दिएकै छौँ । हामीले दिएको सुझाव नमान्ने । अनि फेरि सुझाव लिन किन लाउनुपर्यो ?’

उनले सरकार कोरोना र बाढीपहिरो नियन्त्रण तथा राहत र उद्दारमा खटिनुको साटो सत्ताको खिचातानीमा मात्रै रमाउने गरेको बताएका छन् ।

उनले भने, ‘कुरा कसैको नुसुन्ने । यो यो गर्नुस् भनेर भनेकै छौँ । थप सुझाव के दिनु केही छैन । दिएको सुझाव कार्यान्वयन गर्नुस् भनेर आज सुझाव दिएको छु ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org