मुख्यमन्त्री पोखरेलको निर्देशनः नागरिकले परिवर्तनको अनुभूति गर्ने गरी बजेट खर्च गराैँ
बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले उपलब्धिका सूचकहरू देखिने गरी बजेट खर्च गर्न निर्देशन दिएका छन् ।
प्रदेश विकास समस्या समाधान समितिको बैठक तथा वार्षिक प्रगति समीक्षा कार्यक्रममा मन्त्रालयहरूको प्रस्तुतिपछि उनले नतिजामुखी र उपलब्धिका सूचकहरू देखिने गरी बजेट खर्च निर्देशन दिएका हुन् । उनले भने ‘बजेट खर्च भएपछि के उपलब्धि भयो भन्ने प्रष्ट देखिनुपर्छ, नागरिकले परिवर्तनको अनुभूति गर्न पाउनुपर्छ ।’
उनले गत आर्थिक वर्षमा धेरै अप्ठयाराहरूका बीच पनि राम्रो नतिजा निस्केको भन्दै काममा खट्ने सबैलाई धन्यवाद दिए । साथै उनले चालु आर्थिक वर्षमा अझ धेरै राम्रो गर्न संयोजन र सक्रियता बढ्ने विश्वास व्यक्त गरे ।
कोभिड–१९ ले सिर्जना गरेको असहज परिस्थितिका बाबजुद गत आर्थिक वर्ष २०७६/७७ मा प्रदेश सरकारको पूँजीगत खर्च ७९ दशमलव २९ प्रतिशत भएको जनाइएको छ । सिँचाइ र खानेपानीको दिगो व्यवस्थापनका लागि चुरे र भावर क्षेत्रमा जलाशय निर्माणलाई प्राथमिकता दिएर अघि बढ्न मुख्यन्त्री पोखरेलले निर्देशन दिए । उनले भने, ‘ठूला खालका जलाशय निर्माण, गरौँ, त्यस्ता क्षेत्रको पहिचान गरी योजना अघि बढौँ, ती आयोजनाले नतिजा दिन्छन् ।’
सेवा प्रवाह छिटो र छरितो बनाउन र नागरिकको विश्वास जित्न प्रविधिको प्रयोग ध्यान दिएर अघि बढ्न पनि मुख्यमन्त्रीले पोखरेलले निर्देशन दिए ।
नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने कार्यालयहरूले सेवा प्रवाह व्यवस्थित बनाउन उनको निर्देशन छ । उनले कपिलवस्तु र अर्घाखाँचीका लागि कपिलवस्तुमा कार्यालय स्थापना गरी काम गर्न सके बुटवल कार्यालयको चाप घटाउन बताए ।
कार्यसम्पादन मूल्यांकनका आधारमा कर्मचारी हेरफेरको काम भदौभित्र गरिसक्न मुख्यमन्त्रीले निर्देशन दिए । रिक्त दरबन्दीमध्ये अत्यावश्यक र प्राविधिक जनशक्तिको सूची तयार गरी पूर्तिका लागि प्रदेश लोकसेवा आयोगलाई बुझाउन पनि उनको निर्देशन छ ।
मुख्यमन्त्री पोखरेलले कोभिड–१९को दोस्रो चरण आएको भन्दै भारतको अवस्थाको समेत विश्लेषण गरेर योजना र कार्यक्रम अघि बढाउन सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिए । दोस्रो चरणमा लक्षणसहितका बिरामीको संख्या बढेकाले अस्पतालमा आइसियुको क्षमता बढाउनुपर्ने उनको भनाइ छ ।
कोभिड–१९ का कारण धेरैको रोजगारी गुमेकोले भारतीय श्रमिकको प्रतिस्थापन हुने गरी रोजगारी सिर्जना गर्नुपर्ने मुख्यमन्त्री पोखरेलको भनाइ छ ।
Comments
अरु समाचार
-
जम्मू–कश्मीर विधानसभा चुनावमा ५९.१९ प्रतिशत मतदान
दिल्ली । जम्मू–कश्मीरमा बुधबार भएको विधानसभा चुनावको पहिलो चरणमा साँझ पाँच बजेसम्म ५९ दशमलव १९ प्रतिशत मतदान भएको छ ।...
-
संविधान दिवस २०८१ आज हर्षोल्लासका साथ मनाइँदै
काठमाडौँ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । नेपाल...
-
दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीलाई अदालतले दियो अनुमति
काठमाडौं । बी एन्ड सी मेडिकल कलेज झापाका सञ्चालक दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बुधबार काठमाडौं जिल्ला...
-
वनमन्त्री शाहीसँग कतारका राजदूतको शिष्टाचार भेट
काठमाडौं । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीसँग नेपालका लागि कतारका राजदूत मिशाल मोहमद अल अन्सारीले शिष्टाचार भेट भएको...
-
एसइई नतिजामा उल्लेख्य सुधार ल्याउन नीतिगत पहल सुरु भइसकेको छ: प्रधानमन्त्री ओली
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजालाई लगभग ७० प्रतिशतसम्म पुर्याउन नीतिगत पहल...
-
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । विश्वासको मत प्रयोजनका लागि दिउँसो...
-
उपसभामुख राना रूसी महासङ्घ प्रस्थान
काठमाडौं । उपसभामुख इन्दिरा राना यही असोज २ देखि ४ गतेसम्म रूसको सेन्टपिटर्सवर्गमा हुने ‘चौथो युरेसियन महिला फोरम’मा सहभागी हुने...
-
राष्ट्रिय स्वतन्त्र पार्टीको राष्ट्रिय भेला सुरु
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय परिषदको राष्ट्रिय भेला आजबाट सुरु भएको छ। दुई दिनसम्म काठमाडौंको प्रज्ञा भवन कमलादीमा चल्ने...
-
समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छः प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न विज्ञान तथा प्रविधि क्षेत्रको भूमिका महत्त्वपूर्ण...