ताजा समाचार

बुधबार मध्यरातिदेखि १० भदौसम्म काठमाडौं उपत्यकामा निषेधाज्ञा

काठमाडौं । कोरोना संक्रमण बढ्दै गएपछि काठमाडाैं उपत्यकामा बुधबारदेखि निषेधाज्ञा लगाइने भएको छ ।

काठमाडाैं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले भदाै ३ गते राति १२ बजे (बुधबार)देखि एक सातासम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।                                                                           भदाै ३ गतेदेखि १० गतेसम्मका लागि निषेधाज्ञा जारी रहने जनाइएको छ ।

निषेधाज्ञा जारी भएसँगै अत्यावश्यक सेवाबाहेकका अन्य सेवाहरु बन्द हुनेछन् । उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा लागु हुनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org