ताजा समाचार

काठमाडौंमा ३५० सहित उपत्यकामा थपिए ४१५ कोरोना संक्रमित

काठमाडाैँ ।  काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकाका तीन जिल्लामा थप जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए।

प्रवक्ता गौतमका अनुसार उपत्यकाका काठमाडाँैमा ३५०, ललितपुरमा ११ र भक्तपुरमा ५४ जनामा कोरोना देखिएको हो।

पछिल्लो दिन कोरोनाको केन्द्र बन्दै गएको उपत्यकामा बिहीबार ३७७ जनामा कोरोना पुष्टि भएको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org