ताजा समाचार

शिक्षा मन्त्री पोखरेललाई अनेरास्ववियूले बुझायो २१ वुँदे ज्ञापनपत्र

काठमाडौं । सत्तारूढ नेकपा निकट अनेरास्ववियूले आज शिक्षा मन्त्री गिरिराजमणी पोखरेललाई इमेलबाट २१ सुत्रीय माग सहितको ज्ञापनपत्र वुझाएको छ ।

ज्ञापनपत्रमा विद्यालय शिक्षासँग सम्वन्धित ११ वटा र विश्वविद्यालय शिक्षासंग सम्वन्धित १० वटा माग प्रस्तुत गरिएको छ।

कोरोना संकट र निषेधाज्ञाका कारणले शिक्षा मन्त्री पोखरेलसँगको टेलिफोन संवादपछि इमेलबाट ज्ञापनपत्र पठाइएको र उक्त ज्ञापनपत्र मन्त्री पोखरेलले ग्रहण गरिसकेको अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले बताए।

ज्ञापनपत्रमा अनेरास्ववियूले शैक्षिकसत्र कुनै हरहालतमा खेर जान नदिन , वैकल्पिक माध्यमबाट परीक्षा लिन र सिकाई सहजिकरण निर्देशिका ०७७ को समीक्षा र अनुगमन गरि त्यसलाई शैक्षिक सत्रकै अङ्ग वनाउन माग गरेको छ । त्यसैगरी  कक्षा ११ मा भर्ना हुनुका लागि  यस वर्ष तय गरिएको ग्रेडिङ मापदण्डलाई स्थगित  गरी गतवर्षको मापदण्ड अनुसार नै भर्ना गर्ने अनेरास्ववियूले माग गरेको छ ।

अनेरास्ववियूले विद्यालय तहका विद्यार्थीको भर्ना अभिलेख राख्न र कक्षान्नोत्ति गर्न तथा होम सेन्टरको ब्यवस्था गरि कक्षा १२ को परीक्षा चाँडोभन्दा चाँडो गर्न माग गरेको छ। त्यसैगरी  शैक्षिक वातावरण बनाउन आइसोलेशन र कोरिन्टिनहरु रहेका विद्यालयहरुमा  डिइन्फेक्शन गर्न र कोरेन्टिनहरुको बैकल्पिक व्यवस्था गर्न समेत माग गरिएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org