ताजा समाचार

होम-आइसोलेशन रहेका रक्षामन्त्री, गृहमन्त्री र स्वास्थ्य मन्त्रीको पिसिआर रिपोर्ट नेगेटिभ

- न्युज-नेपालप्रधानसेनापति पूर्णचन्द्र थापाको पनि पिसिआर रिपोर्ट नेगेटिभ

काठमाडाैँ । होम-आइसोलेशनमा रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित तीनै जना मन्त्रीको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ।

कोभिड-१९ संकट व्यवस्थापन केन्द्र सिसिएमसीका कर्माचारीलाई कोरोना भाइरस संक्रमण देखिएसँगै उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पोखरेल,गृहमन्त्री रामबहादुर थापा र स्वास्थ्यमन्त्री भानुभक्त ढकाल होम-आइसोलेशनमा थिए।

छाउनीस्थित सिसिएमसी सचिवालय रहेको रेञ्जर गणमा जाँदा उनीहरूको ती कर्मचारीसँग भेट भएको थियो।  ती कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि तीन जना मन्त्री नै होम-आइसोलेशनमा बसेका थिए।

तीनै जनाको रिपोर्ट आज आइपुगेको उपप्रधानमन्त्री निकट स्रोतले बतायो।

उपप्रधानमन्त्री पोखरेल र गृहमन्त्री थापा नेकपा सचिवालय सदस्य समेत रहेकाले आज बस्ने भनिएको बैठक समेत स्थगित भएको थियो।

नेकपा सचिवालय बैठक भदौ १८ गतेलाई सरेको छ।

यसैबीच प्रधानसेनापति पूर्णचन्द्र थापाको पनि पिसिआर रिपोर्ट नेगेटिभ आएको छ। तीन जना मन्त्रीसँगै प्रधानसेनापति थापा पनि होम-क्वारेन्टिनमा थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org