ताजा समाचार

चिनियाँ व्यवसायी स्याङ्गको नेपालमा डेढ दशकको अनुभव, भन्छनः नेपालको समृद्धि कृषीबाटै हुन्छ (भिडियो अन्तरवार्ता)

काठमाडाैँ । नेपाल- छिङहाई चेम्बर अफ कमर्शका अध्यक्ष च्याङ चिन स्याङ्गले नेपालको समृद्धिका लागी कृषी प्रणालीमा आधुनिकिकरण गर्ने बताएका छन ।

छिमेकी देश चिनको छिङहाई स्थायी घर भई  करिव डेढ दशकदेखी नेपालमा व्यवसायीक रुपमा बस्दै आएका अध्यक्ष स्याङ्गले नेपालमा अवलम्बन गरिदै आएको कृषी प्रणालीलाई आधुनिकिकरण गर्न सकिएको अवस्थामा नेपालको समृद्धिको आधार नै कृषी हुने बताएका हुन।

अध्यक्ष स्याङ्ग नेपालमा रहेर विभिन्न क्षेत्रमा लगानी गरेर व्यवसायका साथै समाजसेवामा पनि सक्रिय छ न ।

स्याङ्गले भने नेपालमा सुरुवाती चरणमा भाषीक समस्या र कानुनी अफ्ठारोको कारण नेपालमा लगानी गर्न हच्किचाउने र यदी कानुनी प्रकृया सहज भएको सन्दर्भमा नेपालमा बैदेशिक लगानी भित्र्याएर नेपालमा व्यवसाय गर्न थुप्रै चिनियाँ नागरिक इच्छुक छन्।

करीव डेढ दशक देखी नेपालमा व्यवसाय तथा समाज सेवामा सक्रिय स्याङ्ग देशमा विभिन्न  संकट पर्दा  भुकम्प, नाकाबन्दी र अहिले विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको बेला विभिन्न क्षेत्रमा राहात वितरण गरिरहेका छन ।

नेपालमा रहेर व्यवसाय गर्दा झेल्नु परेका बाधा व्यवधान, व्यवसायीक सफलता करिव डेढ दशक लामो अनुभव र कोरोनाले  व्यवसायमा पारेको असर समग्र विषयमा अध्यक्ष स्याङ्गसंग गरिएको विशेष भिडियो अन्तरवार्ताः

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org