ताजा समाचार

कम्युनिष्ट पार्टी विचार र विधिको वैज्ञानिक संयोजन होः अध्यक्ष प्रचण्ड

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट पार्टी विचार र विधिको वैज्ञानिक संयोजन भएको बताएका छन्।

अध्यक्ष दाहालले सोमबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पार्टी विचार र विधिको वैज्ञानिक संयोजन भएको पनि बताएका हुन्।  प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालको शक्ति संघर्षपछिको विवाद साम्य भएपछि अध्यक्ष दाहालले यस्तो बताएका हुन्।

‘पार्टी भनेको विचार र विधि हो। विचार मात्रैले पनि पार्टी बन्दैन र विधि मात्रैले पनि पार्टी बन्दैन’, उनले भनेका छन्, ‘अझ कम्युनिष्ट पार्टी भनेको विचार र विधिको वैज्ञानिक संयोजन हो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org