ताजा समाचार

काठमाडौंमा १९० सहित उपत्यकामा थपिए २९८ कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २९८ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं उपत्यकामा २९८  संक्रमित थपिएका हुन् ।

सोमबार काठमाडौं १९० जना, भक्तपुरमा ४१ र ललितपुर ६७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

आइतबार काठमाडौं ३७२ जना, भक्तपुरमा ४५  र ललितपुर १२ गरी ४२९ कोरोना संक्रमित थपिएका थिए ।

शनिबार काठमाडौंमा १५५ जना, भक्तपुरमा १२ र ललितपुर १९ जनाम गरी १८६ जना कोरोना संक्रमण देखिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org