ताजा समाचार

केन्द्रीय कारागारमा काेराेना संक्रमणबाट एक कैदीकाे मृत्यु

काठमाडाैं । केन्द्रीय कारागार काठमाडौंमा एक जना कोरोना संक्रमण कैदीको कोरोना भाइरस संक्रमणको कारण मृत्यु भएको छ।

कारागार व्यवस्थापन विभागका महानिर्देशक द्रोण पोखरेलले यसको पुष्टि गरे। ४१ वर्षका संक्रमित कैदीलाई भदौ १४ गते कोरोना संक्रमण पुष्टि भएको थियो। उनले थाहाखबरसँग भने, ‘जो मृत्यु हुनु भयो उहाँलाई उपचारको लागि कञ्चनपुरबाट काठमाडौं ल्याइएको थियो।

उहाँलाई क्षयरोग, छातीको समस्या, मानसिक रोगी पनि हुनुन्थ्यो।’ केही समय यता मृतक कैदीलाई पाटन अस्पतालमा उपचार गराइरहेको पोखरेलले बताए। ‘उहाँलाई धेरै नै समस्या भएर अस्पतालमा भर्ना गरेका थियौँ,’ उनले भने, ‘उहाँको मृत्यु पनि उपचारकै क्रममा भएको हो।’ ती कैदीको मेगा अस्पतालमा उपचारका क्रममा ज्यान गएको कारागार व्यवस्थापन विभागका सूचना अधिकारी देवर्षि सापकोटाले बताए।

‘मेगा अस्पतालमा उपचारकै क्रममा गरिएको परीक्षणमा उनीमा कोरोना देखिएको थियो’, सापकोटाले भने, ‘तर उनलाई अनेक रोगले पनि गाँजेको थियो।’ सापकोटाले ती कैदीको यही भदौ १० गते स्वाब संकलन गरिएको थियो। चार दिनपछि आएको रिपोर्टमा उनी कोरोना संक्रमित पुष्टि भएको थियो। उनमा मुटु, क्षयरोग, मानसिक समस्यासहित जटिल स्वास्थ्स्य समस्या देखिएको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org