ताजा समाचार

बाह्रविसे पहिरोमा वेपत्ताहरुको खोजी,राहत र उद्दारमा लाग्न प्रचण्डको आग्रह

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सिन्धुपाल्चोक जिल्लामा पहिरोमा परी निधन तथा वेपत्ता भएको खबरप्रति दुख व्यक्त गरेका छन् ।

प्रचण्डले आइतबार शोक वक्तव्य जारी गर्दै सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका वडा नम्बर–७ घुम्थाङको नागपुजेमा अविरल वर्षाका कारण शनिवार रातिको पहिरोमा परी ३० जना स्थानीयवासी बेपत्ता भएको खबर सुन्दा अत्यन्त दुःख लागेको जनाएका हुन् ।

उक्त दुर्घटनामा ६ जनाको शव फेला परेको छ भने बाँकी २४ जना अझै हराइरहेका छन्  । पहिरोबाट १५ घर पुरिनुका साथै २ सय २२ घर उच्च जोखिममा रहेका छन् ।  अध्यक्ष प्रचण्डले वेपत्ताको खाजी, उद्दार र राहतमा जुट्न सम्बन्धित क्षेत्रका पार्टी कार्यकर्ता, सामाजिक अभियन्ता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरु सहित सम्पूर्ण नागरिकहरुमा अनुरोध पनि गरेका छन् ।

सिन्धुपाल्चोक जिल्लासहित देशका विभिन्न स्थानहरुमा विगत केही महिनादेखि पहिरोबाट निरन्तर रुपमा धनजनको क्षति भइरहेको छ ।  यस्ता पहिरो जाने सम्भावित स्थानहरुको पहिचान गरी त्यहाँ बसोबास गरिरहेका नागरिकहरुको स्थानान्तरण गरी वैकल्पिक बसोबासको व्यवस्था गर्न प्रचण्डले सरकारसँग आग्रह गरेका छन् । ‘शोकको यस घडीमा पहिरोमा परी निधन हुनु भएकाहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु’, प्रचण्डले जारी गरेको वक्तव्यमा भनिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org