ताजा समाचार

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु, होला वामदेव र कुलमानको नियुक्ति

काठमाडाैँ । राष्ट्रिय सभामा नेकपाका उपाध्यक्ष वामदेव गौतम र विद्युत प्राधिकरणमा कुलमान घिसिङको नियुक्ति गर्ने नगर्ने चासो बढिरहेका बेला मन्त्रिपरिषद्को नियमित बैठक सुरु भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा नियमित एजेन्डामा छलफल तथा निर्णय गर्नका लागि नियमित मन्त्रिपरिषद् बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्।

तर मन्त्रीहरुलाई अपरान्ह पठाइएको बैठकको कार्यसूचीमा भने कुलमान नियुक्तिको एजेन्डा नपरेको एक मन्त्रीले बताए।

कुलमानको पहिलो चार वर्षे कार्यकाल आइतबार राति सकिएको छ भने उनलाई पुनः नियुक्ति गर्न प्रधानमन्त्री केपी शर्मा ओली र उर्जामन्त्री वर्षमान पुनबीच सहमति भैसकेको बताइएको थियो।

त्यसैगरी राष्ट्रिय सभामा रिक्त सांसद् पदमा राष्ट्रपतिबाट हुने नियुक्तिका लागि सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई सिफारिश गर्ने प्रधानमन्त्री ओलीले पार्टी सचिवालयको बैठकमा जानकारी दिएका थिए।

वामदेवलाई सिफारिश गर्ने प्रस्ताव आजको मन्त्रीपरिषद बैठकमा आउने अनुमान गरिए पनि त्यो एजेण्डा पनि परेको छैन।

आजको बैठकले सरकारको प्रवक्ता तोक्ने लगायत महत्वपूर्ण निर्णय गर्ने बताइएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org