हुम्लाको लिमीमा सशस्त्र पोष्ट स्थापना गर्ने तयारी अन्तिम चरणमा
काठमाडाैँ । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको लिमीमा सशस्त्र प्रहरी पोष्ट स्थापना गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।
नाम्खा–६ मा पर्ने लिमी लाप्चामा सशस्त्र प्रहरी पोष्ट स्थापना हुने भएको छ । लाप्चास्थित नेपाल–चीन १२ नम्बर सीमा स्तम्भभन्दा २५ किलोमिटर टाढा नेपालको टाक्ची भ्यालीमा सशस्त्रको पोष्ट स्थापनाका हुन लागेको हो ।
हालै यो नाकाको सन्दर्भमा राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा चर्चा र परिचर्चा भइरहेका बेला समुद्री सतहभन्दा चार हजार मिटरभन्दा अग्लो स्थानमा रहेको टाक्चीमा सशस्त्रको पोष्ट स्थापना गर्न लागिएको हो ।
हुम्लाको उत्तरी नाका हिल्सामा पनि असार ६ गते बीओपी स्थापना भइसकेको छ । हाल हिल्सामा प्रहरी निरीक्षक सुरज केसीको नेतृत्वमा २२ सशस्त्र सुरक्षाकर्मीको समूह सीमा क्षेत्रमा तैनाथ छ ।
हिल्सामा कम्पाउण्डसहितको नौकोठे पक्की भवनमा सशस्त्र प्रहरी बसेको छ । समुद्री सहतहदेखि तीन हजार ६ सय मिटर उचाइमा रहेको सो पोष्टमा हिउँदमा पनि सशस्त्र प्रहरी त्यहीँ बस्ने बताइएको छ ।
यो नाकाबाट विशेषगरी जडीबुटी तथा वन्यजन्तुका अङ्गहरूको अवैधरूपमा ओसारपसार हुन नदिनका लागि स्थापना हुने लागेको सशस्त्र प्रहरी कार्यालय हुम्लाले बताएको छ ।
Comments
अरु समाचार
-
व्यापार र रोजगारीका लागि ताक्लाकोट जानेको सङ्ख्या बढ्दै
सिमकोट । रोजगारी र व्यापारका निम्ति चीनको स्वशासित क्षेत्र पुराङ काउन्टीको ताक्लाकोट जान सीमा पास लिने र नवीकरण गर्नेको सङ्ख्या...
-
कोशी, बागमती र गण्डकी प्रदेशको केही पहाडी भूभागमा हल्का वर्षा
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको...
-
बालविवाह रोक्न निमन्त्रणा ‘कार्ड’ मै बेहुला-बेहुलीको जन्ममिति अनिवार्य
काठमाडाैँ । रुकुमपश्चिमको आठबीसकोट नगरपालिका-३ ले बालविवाह न्यूनीकरण तथा मदिरा र सुर्तीजन्य पदार्थ बिक्री वितरण तथा सेवन नियन्त्रण गर्न सक्रियता...
-
उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्का वर्षा र हिमपात
काठमाडौँ । जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाले ।हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार...
-
केही प्रदेशका पहाडी भूभागमा आंशिक बदली हुने
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।महाशाखाका...
-
केही पहाडी भूभागमा सामान्य बदली, अन्यमा मौसम सफा
काठमाडौँ ,। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको...
-
भोलिदेखि सुरु हुने दादुरा-रुवेलाविरुद्धको खोप सुरक्षित र प्रभावकारी भएको दाबी
काठमाडौँ । आइतवारदेखि सुरु हुने दादुरा–रुवेलाविरुद्धको खोप प्रभावकारी रहेको बताइएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले खोप सुरक्षित...
-
नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव,आंशिकदेखि साधरणतया बदली
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर मौसममा आंशिकदेखि...
-
दादुरा–रुवेलाविरुद्धको खोप अभियान २५ दिनसम्म सञ्चालन हुने
काठमाडौँ । सरकारले देशभरि दादुरा–रुवेलाको सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै यही फागुन १३ गतेदेखि चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गर्दैछ...