ताजा समाचार

वैदेशिक रोजगार कार्यालयमा कर्मचारीलाई कोरोना देखिएपछि श्रम स्वीकृति बन्द

काठमाडौं । वैदेशिक रोजगार कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि श्रम स्वीकृतिको काम रोकिएको छ ।

वैदेशिक रोजगार कार्यालयले अर्को सूचना जारी नहुने बेलासम्मका लागि ताहचलस्थित कार्यालय बन्द रहने एक सूचना जारी गरी जनाएको छ ।

‘‘कार्यालयमा कार्यरत कर्मचारीमा कोभिड-१९ संक्रमण देखिएका कारण मिति २०७७/६/१४ बाट अर्को सूचना प्रकाशित नभएसम्मका लागि कार्यालयबाट प्रवाह हुने सबै प्रकारका सेवा बन्द गरिएको व्यवहोरा जानकारी गराइएको छ,’’ कार्यालयद्वारा जारी सूचनामा छ ।

यस्तै थप जानकारीका लागि कार्यालयको आधिकारिक फेसबुक हेर्न पनि सूचनामा जनाइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org