ताजा समाचार

प्रदेश ५ को राजधानी सार्ने निर्णयविरूद्ध नेबिसंघ उत्रियो आन्दोलनमा

काठमाडाैँ । प्रदेश- ५ को स्थायी राजधानी दाङ भालुबाङ बनाउने प्रस्ताव प्रदेशसभामा पेस भएलगत्तै नेपाल विद्यार्थी संघले विरोधमा उत्रिएको छ ।

प्रदेश सरकारले शुक्रबारको बैठकमा राजधानी र नामाकरण प्रस्ताव पेस गरेपछि नेविसंघले विरोध जनाएको हो । प्रस्ताव पेस हुनासाथ नेवि संघले तीनवटा गाडिमा तोडफोड गरेको छ ।

सामाजिक विकास समिति का सभापति दीर्घनारायण पाण्डे सवार लु १ झ ४४५ नं को स्कारपियो र कृषि मन्त्रालय योजना महाशाखाको लु१ झ ४२१ नं गाडी तोडफोड गरेको छ । त्यस्तै, लु १ झ ४४९ नं गाडी पनि तोडफोड गरेका छन् ।

नेविसंघका कार्यकर्ता तोडफोडमा उत्रिएपछि अहिले प्रदेश ५ को अस्थायी राजधानी बुटवलमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

 हेर्नुहोस् तस्वीरहरू :

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org