ताजा समाचार

प्रधानमन्त्री ओली र पत्‍नी राधिकाको कोरोना रिपोर्ट नेगेटिभ

काठमाडाैँ ।  तीनजना सल्लाहकार र एकजना स्वकीय सचिवसहित चारजनालाई कोरोना पुष्टि भए पनि प्रधानमन्त्री केपी शर्मा ओली भने सुरक्षित रहेका छन्।

प्रधानन्त्रीको सचिवालयका सबैको शुक्रबार गरिएको परीक्षणमा प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सूर्य थापा, विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ।​

तर प्रधानमन्त्री केपी शर्मा ओली, पत्नी राधिका शाक्य र स्वकीय सचिव राजेश बज्राचार्यको भने कोरोना रिपोर्ट नेगेटिभ आएको छ। प्रधानमन्त्रीका सल्लाहकारहरूलाई सुरक्षामा तैनाथ टोलीबाट कोरोना सरेको अनुमान गरिएको छ।

काठमाडौं उपत्यकामा तीव्र गतिमा कोरोना फैलिन थालेपछि सरकारले उच्च पदस्थहरुको निश्‍चित अवधिमा नियमित कोरोना परीक्षण गरिरहेको छ। काठमाडौंमा ठूलो संख्यामा सुरक्षाकर्मीहरु संक्रमित भएका छन्।

‘प्रधानमन्त्रीको सचिवालयमा पनि सुरक्षाकर्मीहरुबाटै कोरोना सरेको अनुमान गरिएको छ’, स्रोतले भन्यो, ‘सुरक्षाकर्मीहरु समूहमा बस्‍ने हुँदा त्यहीँबाट संक्रमण फैलिएको हुन सक्छ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org