ताजा समाचार

कांग्रेस नेता गगन थापालाई पनि कोरोना संक्रमण

काठमाडौं  । नेपाली कांग्रेसका नेता गगन कुमार थापालाई पनि कोरोना संक्रमण भएको छ। यही असोज १९ गतेदेखि बस्‍न लागेको केन्द्रीय समितिको बैठकका लागि गरिएको पिसिआर परीक्षणबाट उनमा शनिबार कोरोना पुष्टि भएको थियो।
कोरोना संक्रमण पुष्टि भए पनि उनमा कुनै पनि लक्षण देखिएको छैन। यसअघि उनका ससुरासमेत रहेका नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीसहित ६ जना नेतामा कोरोना पुष्टि भएको थियो।

केसीसहित केन्द्रीय सदस्यहरु शम्भुलाल श्रेष्ठ र कल्पना चौधरी लगायतलाई पनि कोरोना संक्रमण देखिएको थियो।

कांग्रेसले केन्द्रीय सदस्यहरुसहित केन्द्रीय कार्यालयका कर्मचारी र नेताहरुका सुरक्षागार्डसहित २ सय ४१ जनाको स्वाब संकलन गरेको थियो। शुक्रबार संकलन गरिएको स्वाबको शनिबार रिपोर्ट आउँदा उनीहरुमा संक्रमण पाइएको हो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org