ताजा समाचार

प्रधानमन्त्रीका सञ्चार विज्ञलाई पनि संक्रमण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा  ओलीका सञ्चार विज्ञ रामशरण बजगाईलाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ।

आइतवार आएको रिपोर्टमा आफूलाई संक्रमण भएको उनले बताए। जिल्ला गएको बेला आफूलाई संक्रमण भएको बजगाईंले जानकारी दिए।

प्रधानमन्त्रीका ३ जना सल्लाहकार र एक जना सचिवालयका सदस्यलाई संक्रमण भएसँगै उनमा पनि संक्रमण देखिएको हो।

यद्यपि बालुवाटारबाट आफ्नो स्वाव संकलन नगरिएको र आफूले छुट्टै स्वाब दिएको बजगाईंको भनाई छ। ‘बालुवाटारमा अरुसँगै मैले दिएको होइन। मैले आफैले छुट्टै परीक्षण गराउँदा आज पोजेटिभ आएको छ,’ उनले भने।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org