ताजा समाचार

राजधानी विवादः सरकारको निर्णयप्रति असन्तुष्टि जनाउँदै समितिका संयोजक श्रेष्ठले दिए राजीनामा

काठमाडाैँ । प्रदेश ५ को राजधानी दाङको देउखुरीलाई बनाउने प्रस्तावले सत्तारूढ नेपाल कम्युनिष्टमा तीव्र असन्तुष्टि देखिएको छ।

सोमबार प्रदेश सभाले प्रदेशको नाम र राजधानीका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ। प्रदेश सभा बैठक १२ बजेका लागि डाकिएको छ।

सांसदहरू नै विभाजित भएपछि आज बिहान ७ बजे बोलाइएको नेकपाको संसदीय दलको बैठक अहिलेसम्म सुरू हुन सकेको छैन।

सरकारको निर्णयप्रति असन्तुष्टि जनाउँदै प्रदेश सभाको विधान संशोधन मस्यौदा समितिका संयोजक भोजप्रसाद श्रेष्ठले राजीनामा दिएका छन्।

बुटवल २ (क) बाट निर्वाचित श्रेष्ठ एमाले रूपन्देहीका पूर्वजिल्ला अध्यक्ष हुन्। उनले सुरूदेखि नै बुटवललाई राजधानी बनाउनु पर्ने लबिङ गर्दै आएका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org