ताजा समाचार

भरत पौडेल बने नयाँ परराष्ट्र सचिव

काठमाडाैँ । भरत पौडेल परराष्ट्र मन्त्रालयका सचिव  भएका छन्।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले मन्त्रालयका बरिष्ठ सहसचिव रहेका पौडेललाई सचिव बनाउने निर्णय गरेको हो।

नवनियुक्त सचिव पौडेलले शुक्रबार बिहान पदभार सम्हालेका छन्।

यसअघि सरकारले परराष्ट्र सचिव शंकरदास बैरागीलाई मुख्यसचिव बनाउने निर्णय गरेको थियो। बैरागी मुख्यसचिव बनेपछि पौडेलले परराष्ट्रका निमित्त सचिवको भूमिका निभाएका थिए।

पाकिस्तानका लागि पूर्वराजदूतसमेत रहेका पौडेल निमित्त सचिव हुनुअघि सम्म  परराष्ट्र प्रवक्ता थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org