ताजा समाचार

कोरोना संक्रमित नेकपाकी सचेतक शान्ता चौधरीलाई आइसियूमा सारियो

काठमाडाैँ । कोरोना भाइरसबाट संक्रमित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सचेतक शान्ता चौधरीलाई आइसियूमा सारिएको छ।

चौधरीका स्वकीय सचिव सन्तोष दहितले शुक्रबार राति उनलाई वीर अस्पतालको आइसियूमा सारिएको जानकारी दिए।

कोरोना पुष्टि भएपछि चार दिनदेखि उनको त्यहाँ उपचार भइरहेको थियो।

चार दिनको उपचारले उनको स्वास्थ्यमा सुधार हुन सकेको छैन। दहितका अनुसार श्वासप्रश्वासमा समस्या आएपछि आइसियूमा सार्नुपरेको हो।

उनलाई विभिन्न स्वास्थ्य समस्या छ। २०७० सालमा स्तन क्यानसरको उपचार गराएकी चौधरी गत वर्ष लामो समयसम्म डेंगीका कारण विरामी परेकी थिइन।

डेंगीबाट निको भएकी उनमा त्यसपछि दमको समस्या सुरू भएको थियो, जसका कारण घरमै अक्सिजन लिने अवस्था सुरू भएको थियो।

उनलाई असोज १९ गते कोरोना संक्रमण भएको पुष्टि भएको थियो। त्यसअघि आइतबार ज्वरो आएपछि उनी होम आइसोलेसनमा बसेकी थिइन्।

सोमबार उनलाई अस्पताल भर्ना गरिएको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org