ताजा समाचार

शिक्षामन्त्री पोखरेललाई कोरोना संक्रमण

काठमाडौं । शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई पनि कोरोना संक्रमण भएको छ।

शुक्रबार स्वास्थ्यमा समस्या आएपछि पाटन अस्पताल गएका पोखरेललाई शनिबार कोरोना संक्रमण पुष्टि भएको हो।  शनिबार कोरोना पुष्टि भएपछि मन्त्री पोखरेल पाटन अस्पतालको आइसोलेसनमा बसेका छन्।

ज्वरो आएपछि उनी शुक्रबारै चिकित्सकको निगरानीमा रहने गरी पाटन अस्पतालमा गएका थिए।

कोरोना पुष्टि भएपछि उनलाई चिकित्सकहरुले आइसोलेसनमा राखेका उनका सहयोगी विनोद न्यौपानेले जानकारी दिएका छन्। शुक्रबार मात्रै संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेशकुमार भट्टराईलाई पनि कोरोना देखिएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org