शिक्षामन्त्रीले शनिबार मात्रै प्रधानमन्त्रीलाई भेटेका थिए
काठमाडौं । आइतवार कोरोना संक्रमण पुष्टि भएका शिक्षा मन्त्री गिरिजामणि पोखरेलले शनिबार मात्रै बालुवाटारमा पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको खुलेको छ।
डाक्टर गोविन्द केसीको १९ औँ पटकको अनसन तोडाउनका लागि मन्त्री पोखरेल यो साता सक्रिय भएका थिए। वार्ता टोली गठनदेखि केसीसँगको सम्वादका क्रममा उनी शिक्षा मन्त्रालय, त्रिवि शिक्षण अस्पताल र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारसम्म पुगेका थिए।
बालुवाटारमै असहज बिहीबार र शुक्रबार भएको वार्ताले निकास दिन नसकेपछि मन्त्री पोखरेल शनिबार सरकारी वार्ता टोलीका संयोजक गोपीनाथ मैनालीसहित शनिबार प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए त्यहाँ पुगेर उनले प्रमसँग केसीका माग पूरा गर्ने उपायबारे छलफल गरेका थिए।
त्यसक्रममा उनलाई बालुवाटारमै असहज भएको थियो। प्रधानमन्त्रीसँगको संवादकै क्रममा असहज भएपछि उनी त्यहाँबाट सीधै मन्त्री निवास पुल्चोक पुगेका थिए। शिक्षा मन्त्रीका सचिवालय सदस्य विनोद न्यौपानेका अनुसार पोखरेलले निवासमा पुगेर ज्वरो कम गर्ने औषधि पनि लिएका थिए। तर त्यहाँ लिएको औषधिले काम नगरेपछि उनी आवश्यक परामर्शका लागि पाटन अस्पताल पुगेका थिए।
कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि मन्त्री पोखरेललाई चिकित्सकले शनिबारै स्वाब लिएर निगरानीमा राखेका थिए। ज्वरो आएपछि चिकित्सकको निगरानीमा पाटनमै बसेका उनमा शनिबार कोरोना पुष्टि भएको न्यौपानेले जानकारी दिए।
यो साता मन्त्री पोखरेल सरकारी वार्ता टोलीका संयोजक गोपीनाथ मैनाली, तथा सदस्यहरु स्वास्थ्य मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डा. दिलीप शर्मासँग निरन्तर संवादमा थिए। केही दिनयताको पोखरेलको सक्रियताले प्रधानमन्त्री ओलीसहितका उच्च अधिकारी कन्ट्याक्ट ट्रेसिङमा परेका छन्।
मन्त्री पोखरेलले केसीको ६ बुँदे माग पूरा गर्ने उपायबारे प्रधानमन्त्रीदेखि अन्य उच्च अधिकारीसँग सम्वादमा सक्रिय हुँदा धेरैजना कन्ट्याक्ट ट्रेसिङमा पर्ने भएका हुन्।
Comments
अरु समाचार
-
‘‘संविधानको पूर्ण कार्यान्वयन भए जनताको निराशा हटनेछ’’: मन्त्री गुरुङ
काठमाडौं । संविधान कार्यान्वयनका नौ वर्षलाई हेर्दा निराश हुनुपर्ने अवस्था छैन । विश्वका अन्य देशमा नयाँ संविधान बनिसकेपछिको अभ्याससँग तुलना...
-
संवैधानिक स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्ने बताएका छन् । संविधान दिवसका अवसरमा आज...
-
संविधानको मर्मअनुरुप काम गर्नुपर्छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको मर्मअनुरुप कार्यसम्पादन गर्नुपर्नेमा जोड दिएका छन् । साथै उनले मुलुकलाई सामाजिक न्यायसहित...
-
जम्मू–कश्मीर विधानसभा चुनावमा ५९.१९ प्रतिशत मतदान
दिल्ली । जम्मू–कश्मीरमा बुधबार भएको विधानसभा चुनावको पहिलो चरणमा साँझ पाँच बजेसम्म ५९ दशमलव १९ प्रतिशत मतदान भएको छ ।...
-
संविधान दिवस २०८१ आज हर्षोल्लासका साथ मनाइँदै
काठमाडौँ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । नेपाल...
-
दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीलाई अदालतले दियो अनुमति
काठमाडौं । बी एन्ड सी मेडिकल कलेज झापाका सञ्चालक दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बुधबार काठमाडौं जिल्ला...
-
वनमन्त्री शाहीसँग कतारका राजदूतको शिष्टाचार भेट
काठमाडौं । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीसँग नेपालका लागि कतारका राजदूत मिशाल मोहमद अल अन्सारीले शिष्टाचार भेट भएको...
-
एसइई नतिजामा उल्लेख्य सुधार ल्याउन नीतिगत पहल सुरु भइसकेको छ: प्रधानमन्त्री ओली
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजालाई लगभग ७० प्रतिशतसम्म पुर्याउन नीतिगत पहल...
-
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । विश्वासको मत प्रयोजनका लागि दिउँसो...