ताजा समाचार

पूर्वमन्त्री गोकुलबिरुद्ध पनौतीमा पर्चा

काठमाडाैँ । पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सोमबार पनौतीमा विद्यालयको उद्घाटन गर्नुअगावै स्थानीय नेकपा कार्यकर्ताले भ्रष्ट आचरणको भण्डाफोर गरौं शीर्षकको पर्चा छ्याप्छ्याप्ती बाँडेका छन् ।

पर्चामा स्कुलजस्तो पवित्र संस्थाको शिलान्यास कस्तो हातले हुँदैछ ? भन्दै शिलान्यासको लागि विवादमा परेकाभन्दा अन्य कुनै माननीय,प्रदेश सभा सदस्य वा मेयर छानिनुपर्ने उल्लेख छ ।

पर्चामा दलाल पुँजीपति र भ्रष्टाचारीहरूलाई सामाजिर बहिष्कार गर्नसमेत अपिल गरिएको छ ।

बाँस्कोटा गत वर्ष मन्त्रीको कार्यकक्षमा ७० करोड रूपैयाँ कमिशन मोलमोलाईको आरोप लागेपछि सञ्चारमन्त्रीको जिम्मेवारीबाट पदमुक्त भएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org