ताजा समाचार

‘द भ्वाइस अफ नेपाल’ सिजन–३ अडिसन सुरु

 

काठमाडौँ । ‘द भ्वाइस अफ नेपाल’ सिजन–३ को अडिसन सुरु भएको छ ।

हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको यो गायन रियालटी शोको डिजिटल मार्फत शनिबारबाट अडिसन सुरु भएको हो ।  ‘द भ्वाइस अफ नेपाल’ को प्लेटमर्फ मार्फत् सांगीतिक करियर निर्माण गर्न चाहने प्रतिभाले अडिसनमा सहभागी हुन सक्नेछन् । १६ वर्ष उमेर पुगेका युवादेखि ४५ वर्षसम्मका प्रतिभाले भाग लिन पाउने अडिसनमा आफ्नुले गीत गाएको भिडियो पठाएर सहभागिता जनाउन सकिनेछ ।

अडिसनमा नेपाली नागरिकमात्र नभई नेपाली भाषामा गीत गाउन सक्ने नेपाली मूलका विदेशी वा विदेशी नागरिक पनि सहभागी हुन सक्नेछन् । यस्ता प्रतिभाहरु अडिसन दिन वा कार्यक्रममा सहभागिता जनाउनका लागि काठमाडौमा भौतिक रुपमै उपलब्ध हुनसक्ने हुनुपर्छ ।

द भ्वाइस अफ नेपालमा सहभागीका लागि अफिसियल एप डाउनलोड गरि फारम भर्नुपर्छ । फारम भरेपछि मोबाइल मार्फत् नै गीत रेकर्ड गरी पठाउनुपर्ने छ । आफ्नो रेकर्ड पठाएपछि अडिसनमा सहभागिताको प्रमाण स्वरुप आवेदनकर्ताले एउटा कोड प्राप्त गर्नेछन् ।

मोबाइल एपमार्फत् अडिसन दिन असमर्थ भएको  खण्डमा विभिन्न सामाजिक सञ्जालमा रहेका द भ्वाइस अफ नेपालका पेज मार्फत् पनि अडिसनमा सहभागी हुन सकिने आयोजकले जनाएको छ ।

इन्टरनेटको पहुँच नभएका प्रयोगकर्ताले द भ्वाइस अफ नेपालको उत्पादन टीमको फोनमा समेत सम्पर्क गर्न सक्ने भ्वाइस अफ नेपालका निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org