ताजा समाचार

प्रधानमन्त्रीले भोलि बिहान ११ बजेका लागि बोलाए सर्वदलीय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि मंगलबार बिहान सर्वदलीय बैठक बोलाएका छन् ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले दिएको जानकारीअनुसार मंगलबार बिहान ११ बजे प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएका हुन् ।

“सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक राष्ट्रिय राजनीतिका विषयमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको बैठक आयोजना गर्नुभएको छ । बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा उक्त बैठक हुने तय भएको छ,” उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।
बालुवाटार स्रोतका अनुसार राजवादीहरुले गरेको पछिल्लो आन्दोलनका विषयमा छलफल हुने बताइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org