ताजा समाचार

काँग्रेस नेता सिटौलालाई कोरोना संक्रमण

काठमाडौं । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ।

शुक्रवार गरिएको परीक्षणमा आफूलाई कोरोना संक्रमण पुष्टि भएको सिटौलाले बताएका छन्।

कोरोना संक्रमण भए पनि आफ्नो स्वास्थ्य सामान्य रहेको उनले सामाजिक सञ्जाल फेसबुकमार्फत जनाएका हुन्। आफ्नो सम्पर्कमा रहेकालाई भने परीक्षण गर्न र सावधानी अपनाउन सिटौलाले अनुरोध गरेका छन्।

उनले भनेका छन्, ‘हिजो २०७७ साल मंसिर २६ गते गरिएको कोभिड-१९ को पीसीआर परिक्षणबाट मलाई पोजेटिभ देखिएकोले केही दिन यता मेरो नजिकको सम्पर्कमा रहनु भएका सबैले आवश्यकताअनुसार परीक्षण गर्नुहुन र साबधानी अपनाउनु हुन अनुरोध गर्दछु।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org