ताजा समाचार

मनोजसँग नाम जोडिएपछि वर्षा आक्रोसित !

काठमाडाैँ । दोस्रो विवाहको तयारी गरिरहेका कलाकार मनोज गजुरेलसँग नाम जोडिएपछि अभिनेत्री वर्षा सिवाकोटी आक्रोसित भएकी छन् ।

कतिपय अनलाइन र सामाजिक सञ्जालमा गजुरेल र वर्षाको फोटो जोडेर समाचार आएको थियो । उनले गजुरेल र आफ्नो बाटो अलग रहेको उल्लेख गरेकी छन् । ‘आदरणीय सर, मनोज गजुरेलको र मेरो बाटो अलग अलग छ । मेरो उहाँप्रति सम्मान सधै उचो नै रहेको छ,’ उनले लेखकी छन् ।

कलाकार भन्दैमा जे पनि लेख्न र भन्न पाइन्छ भन्ने ‘मानसिक विक्षिप्तता’ हटाउनुपर्ने बताउँदै वर्षाले यसले नेपाली पत्रकारिता नै बदनाम भएको उल्लेख गरेकी छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org