ताजा समाचार

‘केपी ओलीले लोकतन्त्र र संविधानको घाँटी निमोठेः

कम्युनिस्टको खोल भिरेका प्रतिगमनकारी ओली

काठमाडाैँ । पुष्पकमल दाहाल–माधवकुमार नेपाल नेतृत्वको नेकपाका नेता युवराज ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओली कम्युनिस्टको खोल भिरेका प्रतिगमनकारी भएको टिप्पणी गरेका छन् ।

नेकपा दाहाल नेपाल समूहले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले प्रधानमन्त्री ओलीले कम्युनिस्टका नाममा कलंक र राष्ट्रवादका नाममा राष्ट्रघात गरेको बताए । संविधानमै नभएको व्यवस्थाबाट प्रतिनिधिसभा भंग गरेर लोकतन्त्र र संविधानलाई समेत घात गरेको दाबी गरे ।

‘केपी ओलीले लोकतन्त्र र संविधानको घाँटी निमोठे । देशलाई अध्ँयारोमा धकेले । नक्कली राष्ट्रवाद देखाएर राष्टघात गरे,’ उनले भने, ‘उनी राष्ट्रघाती हुन् । जनघाती हुन् । विश्वासघाती प्रतिगमनकारी मात्र हुन् ।’

नेता ज्ञवालीले सिंगो कम्युनिस्ट पाटी र संविधान धराशायी बनाउने केपी शर्मा ओली कहिल्यै नेकपामा नरहने बताए । ‘हामी अलग बाटो रोजेका सबैलाई स्वागत गर्न सक्छौँ । तर, केपी ओली नो,’ उनले भने, ‘अब कम्युनिस्टमा केपी ओली रहँदैनन् ।’

नेता ज्ञवालीले जबजको मन्त्र जपेको नाटक गर्ने केपी ओली नै दाहालसँगको सम्झौतामा प्रधानमन्त्री बन्न जनताको बहुदलीय जनवाद छोड्ने पहिलो व्यक्ति भएको दाबी गरे । ‘अहिले जबजलाई ड्रप गरौं पछि सल्लाह गर्दै गरौंला । एक्काइसौँ शताब्दीको जनवाद माओवाद हो । तसर्थ जनताको जनवाद भनौं भन्ने पहिलो व्यक्ति केपी ओली हो । यसका तथ्य र प्रमाण हामीसँग छन्,’ नेता ज्ञवालीले भने ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org