ताजा समाचार

अष्टलक्ष्मी शाक्यसहितका नेता प्रहरी नियन्त्रणमा

काठमाडौं । आमहाडताल सफल बनाउन सडकमा उत्रिएका प्रचण्ड–माधव नेपाल समूहका नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।  नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य कलंकीबाट पक्राउ परेकी छिन् । उनीसँगै हितमान शाक्य, अमृता थापा लगायत नेताहरु पनि पक्राउ परेका छन् ।

संवैधानिक आयोगहरुमा नियुक्तिको विरोध गर्दै  नेकपा प्रचण्ड–माधव समूहले आज आम हड्ताल गर्ने घोषणा गरेको छ । बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत संवैधानिक निकायका पदाधिकारीहरुलाई शपथ खुवाइएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org