ताजा समाचार

सहयोद्धा वैद्यदेखि बादल–लेखराजसम्मले छाड्दा के भन्छन् प्रचण्ड ?

‘मेरा साथीहरु किन गए होलान् मोरल्ली मैले जिम्मेवारी लिन्छु, तर म नै मुख्य जिम्मेवार भने होईन'

काठमाडाैँ । नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहयोद्धालाई मृत्यु शय्यासम्म सँगै लिएर जान सम्भव नभएको बताएका छन् ।

जनयुद्ध कालदेखि वा सो भन्दा अघिदेखिकै सहयोद्वाहरु मोहन वैद्य, नेत्रविक्रम चन्द, रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्टलगायतका नेताहरुले विभिन्न कालखण्डमा प्रचण्डको साथ छाडेर गएको सन्दर्भमा प्रचण्डले यस्तो बताएका हुन् । यद्यपि सहयोद्वाहरुले बीमै छाडेर जाँदा प्रमुख नेताको हैसियतले आफूले नैतिक जिम्मेवारी लिने प्रचण्डले बताए ।

आइतबार एक टेलिभिजन अन्तरवार्ताका क्रममा उनले भने, ‘मेरा साथीहरु किन गए होलान् मोरल्ली मैले जिम्मेवारी लिन्छु । त्यसको लागि म नै मुख्य जिम्मेवार भन्ने चाहिँ लाग्दैन ।’ प्रचण्डले अगाडि थपे, ‘उहाँहरुको विचारमा विचलन आयो, उहाँहरुले घटनाक्रमलाई सही ढंगले ठम्याउन सक्नुभएन । सबैलाई मृत्य शय्यासम्म लैजान सम्भव पनि छैन । मास्क एंगेल्सको, लेनिनका समकक्षीहरु पनि सँगै भएनन् विभाजन धेरै भए । त्यसले लेनिनले गरेको भूमिका र योगदान त्यसले महत्व कम हुन्छ र ? अरु माक्सहरुको पनि भूमिकाको योगदान कम भयो र ?’

उनले आफू यसबाट कत्तिपनि नगलेको भन्दै जनता न्याय र अग्रगमनको पक्षमा रहेको भन्दै केपी ओलीको कदमको विरोधमा रहेको दावी गरे । उनले प्रतिगमनकारी ओलीले आफूहरुसँग कुनै प्रतिस्पर्धा गर्न नसक्ने पनि दावी गरे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org