ताजा समाचार

मुलुकमा विद्यमान राजनीतिक संकटको निकास प्रतिनिधि सभाको प्राप्तिले मात्र हुन्छः उपसभापति निधी

पर्सा । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्रनारायण निधिले मुलुकमा विद्यमान राजनीतिक संकटको निकास प्रतिनिधि सभाको प्राप्तिले मात्र हुने बताएका छन्।

उनले सरकारको असंवैधानिक निर्णयबाट सिर्जना भएको राजनीतिक, संवैधानिक संकटको समाधान प्रतिनिधि सभाको प्राप्तिले मात्र हुने प्रष्ट पारे।

कांग्रेस बुथ कमिटी बगहीले आइतबार वीरगञ्ज महानगरपालिका–२८ बगहीमा आयोजना गरेको बृहत् आमसभामा उपसभापति निधिले वर्तमान समस्याको समाधान गर्न प्रतिनिधि सभाको पुनःस्थापना वा निर्वाचनबाहेक अर्को विकल्प नभएको बताए।

उनले सर्वोच्च अदालतको संवैधानिक इजलासमा रहेको रिटको फैसला गर्दै प्रतिनिधि सभा पुनःस्थापना भए समस्या समाधान हुने, नभए प्रनिधि सभाको निर्वाचनमार्फत् नै समस्याको समाधान खोज्नु पर्ने बताए।

प्रतिनिधि सभाको पुनःस्थापना वा निर्वाचन दुवै मध्यमबाट प्राप्त भएको प्रतिनिधि सभाले मात्र राजनीतिक संकटलाई सम्बोधन गर्न सकिने बताउँदै नेता निधिलै दुवै बाटो संवैधानिक, लोकतान्त्रिक र राजनीतिकसम्मत रहेको प्रष्ट पारे।

पूर्वउपप्रधानमन्त्री समेत रहेका निधिले मुलुकमा बढ्दै गएको हत्या हिंसा, बलात्कार, भ्रष्टाचार, महँगीले आमनेपाली जनता पीडित भए पनि वर्तमान सरकारले त्यसलाई नियन्त्रण गर्न नसकेको आरोप लगाए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org