ताजा समाचार

ठगेर खान पल्केका हाम्रा साथीहरूलाई चुनावप्रति विश्वास छैनः मन्त्री रायमाझी

कांग्रेस र मधेशवादी चुनावको पक्षमा छन्

काठमाडाैँ । ऊर्जामन्त्री एवं नेकपा ओली समूहका स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले नेपाली कांग्रेस र मधेशकेन्द्रित दलहरू चुनावका लागि तयार रहेको बताएका छन् ।

नेकपा प्रचण्ड–नेपाल समूह भने चुनावमा जान डराएको उनको आरोप छ ।

प्रेस संगठन लुम्बिनी प्रदेशस्तरीय भेलालाई शुक्रवार बुटवलमा सम्बोधन गर्दै मन्त्री रायमाझीले बाहिर विरोध गरेजस्तो देखिएपनि कांग्रेस चुनावका लागि तयार रहेको दाबी गरेका हुन् ।

‘मैले नेपाली कांग्रेसका साथीहरूलाई आजै मात्र पनि भेटेको थिएँ, सरकारको समर्थन गर्दा त ओलीको पार्टीमा भएजस्तो हुन्छ । हामी अलग छौं भन्नका लागि मात्र विरोध गरेका छन् । कांग्रेस चुनावमा जान्छ । ठगेर, ढाँटेर र ठोकठाक गरेर खाने बानी परेका हाम्रा साथीहरूलाई चुनावप्रति विश्वास छैन,’ रायमाझीले भने ।

मन्त्री रायमाझीले धेरै मिडियाले सरकारको विरोध गरेपनि जनताले ठीक बेठीक छुट्याउने दाबी गरे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org