ताजा समाचार

पूर्वलडाकुलाई शंकर पोखरेलको आश्वासन– अब तपाईंका सपना हामी पूरा गर्छौं

काठमाडाैँ ।  नेकपा ओली समूहका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रचण्डले झुटा सपना बाँढेको टिप्पणी गरेका छन् ।

पूर्वजनमुक्ति सेना नेपालको भेलालाई शनिबार बुटवलमा सम्बोधन गर्दै पोखरेलले अब पूर्वजनमुक्ति सेनाको सपना आफूहरुले पूरा गर्ने बताए । प्रचण्डले बलिदानलाई आफ्नो स्वार्थमा प्रयोग गरेको पनि बताए ।

नेतृत्वले बाटो विराए बाटो परिवर्तन गर्नसक्ने उल्लेख गर्दै पोखरेलले भने, ‘नेतृत्वले बाटो बिगारे तपाईंहरु अर्को बाटोमा जान सक्नुहुन्छ । हामी स्वागत गर्छौ ।’

उनले शान्ति प्रकिया पूरा नभएको उल्लेख गर्दै आफूहरूले त्यसको जिम्मेवारी लिएको बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org