ताजा समाचार

कम्युनिष्ट पार्टिभित्रका अराजक तत्व बाहिरिए, अब साच्चिकैको कम्युनिष्ट पार्टी बन्छ: नेता घर्ती

काठमाडाैैँ । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य एवम् लुम्बिनी प्रदेश अध्यक्ष ओनसरी घर्तीले कम्यूनिष्टको खोलहरु ओढेकालाई अर्को ध्रुवमा पुर्याउने बताउनुभएको छ ।    उहाँले हेर्दा कम्यूनिष्ट जस्ता देखिने तर कम्यूनिष्टको खोल ओढेर घात गर्ने प्रतिक्रियावादीलाई अर्को ध्रुवमा पुर्याएरै छोड्ने बताउनुभएको हो ।

नेकपा रुकुम (पूर्व) ले आयोजना गरेको बृहत कार्यकर्ता भेला तथा राजनैतीक प्रशिक्षण कार्यक्रमलाई संबोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । कम्यूनिष्टमा भएका केहि अराजक तत्वहरु निस्किसकेको र अब बनेको पार्टी साच्चिकैको कम्यूनिष्ट पार्टी भएको बताउदै सबै कम्यूनिष्टलाई एकजुट हुन आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई हामीले ३ वर्षसम्म नीरन्तर सहयोग गर्यौ, तर उहाँको एकपछि अर्को नाटक गर्ने क्रम रोकिएन । उहाँका नाटकहरु बढ्दै गए । अहिले त झन तानाशाही प्रवृतीले संसद विघटन गरेपछि सबै राजनीतीक दलसँगै नागरिक विरोधमा उत्रिएका छन्, उहाँले भन्नुभयो । घाइते अपाङको प्रतिशत घटाएर कटौती गर्ने काम पनि केपी सरकारले गरेको नेता घर्तीले बताउनुभयो ।

अहिले सहि र गलत विचरको बिचमा संघर्ष चलिरहेको नेता घर्तीले बताउनुभयो । उहाँले गृहमन्त्री रामबहादुर थापा बादललाई विचार भुलेर केपीको दास बन्न पुगेको बताउनुभयो । बादलको व्यक्तित्व रुकुम, रोल्पाका जनताले बनाएका हुन्, यो कुरा बादलले भुल्न नहुने घर्तीको भनाई छ ।।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org