ताजा समाचार

गृहजिल्लामा जनभेटघाटमा व्यस्त पुर्वमन्त्री पुन

रुकुम पूर्व । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रिय सदस्य तथा पुुुुर्वमन्त्री गणेेशमान पुनले गृह जिल्लामा कार्यकर्ता तथा जनभेटघाट कार्यक्रमला तिव्रता दिनुभएको छ ।                 केही दिन अघी मात्रै गृह जिल्लामा आउनु भएका नेता पुनले सोमबार वडा नम्बर ४ को अमलाचौर र ढाँकाको दलित नमुना बस्तीमा कार्यक्रकर्ता तथा जभेटघाट कार्यक्रम गर्नुभएको छ ।

भेटघाटको क्रममा नेता पुन समक्ष नेकपाका कार्यकर्ता र नागरिकहरुले पार्टी फुटप्रती असन्तुष्टि जनाएका छन । उनिहरुले केपी प्रवृती जन्मीने आधार कसरी भयो र सैदान्तिक आधार के हो भनेर नेता पुनलाई प्रश्न गरेका छन ।

यस्तै त्यहाँका नागरिकहरुले कृषीको पकेट क्षेत्र उक्त ठाउँमा उत्पादन भएका कृषी उपजहरुको बजारीकणको व्यवस्था गर्न माग गर्दै दलित नमुना बस्तीमा रोजगारी, विद्युतको सेवाका साधै पन्चेबाजा तथा विभिन्न सिप मुलक तालिमहरुको व्यवस्था गर्न माग गरेका छन ।

कार्यकर्ता तथा जनभेटका क्रममा उठेका गुनासा तथा जिज्ञासाहरुको सम्बोधन गर्दै नेता पुनले केपी ओली संघियता समाजबाद सहितको संविधानको विरुद्धमा लागेको बताउनुभयो । ओलीको प्रतिगामी कदमलाई परास्त गर्नका लागी रुकुमबाटै सबै कार्यकर्ताहरु एकजुट भएर लाग्नु पर्नेमा उहाँले जोड दिनुभयो ।

यस्तै उहाँले स्थानिय स्तरमा उत्पादित कृषी उपजलाई सहजै रुपमा बजारीकरण गर्न र माग भएका विभिन्न सिप मुलक तालिमको व्यवस्था गर्न प्रतिबद्धता पनि जनाउनुभएको छ ।

सोमबार भएको कार्यक्रममा नेकपा ४ नम्बर वडा कमिटिका अध्यक्ष जनक केसी सह–इन्चार्ज कमल घर्ति, कार्यपालिका सदस्य रुद्र बहादुर बिक र वडा सदस्य पदम जैसीले वडामा भएका पार्टीका गतिविधीहरुका साथै गाउँपालिकाबाट वडामा भएका विकास निर्माणको प्रगतीहरुको बारेमा जानकारी गराउनुभएको थियो ।
कार्यकर्ता तथा जनभेटघाट कार्यक्रममा नेकपा जिल्ला कार्यदलका सदस्य भिउमान घर्तिको पनि सहभागिता रहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org