ताजा समाचार

प्रतिनिधिसभा विघटनले मुलुकलाई दुर्घटनातिर धकेल्यो: उपराष्ट्रपति पुन

काठमाडाैँ ।  उपराष्ट्रपति नन्दबहादुर पुनले संसद विघटनले मुलुकलाई राजनीतिक दुर्घटनातिर धकेलेको बताएका छन् ।

नेपाल पत्रकार महासंघको २६औँ साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले संविधान कार्यान्वयनको सुरुवाती चरणमै प्रधानमन्त्रीले संसद भंग गरेर सही नगरेको बताए ।

संविधान कार्यान्वयनको सुरुवाती चरणमै प्रतिनिधिसभा भंग हुन गलत छ यसले राजनीतिलाई सही दिशामा लैजाँदैन । उनले भने ।

संसद विघटनपछि जनतामा व्यापक निराशासँगै आक्रोश बढेको भन्दै उनले प्रधानमन्त्रीको गलत कदम सच्चिनुपर्ने बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org