ताजा समाचार

कांग्रेसको १४ औँ महाधिवेशन भदौ ७ देखि १० सम्म हुने

नेपाली कांग्रेसको १४ औं महाधिवेशन भदौ ७ देखि १० गतेसम्म हुने भएको छ ।

पार्टी कार्यालय सानेपामा सुरु भएको केन्द्रीय समितिको बैठकमा पार्टीको १४ औं महाधिवेशन भदौ ७ देखि १० गतेसम्म काठमाडौंमा गर्ने प्रस्ताव पेस भएको हो ।

कांग्रेस केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले महाधिवेशन ७- १० भदौमा गर्ने प्रस्ताव पेस भएको जानकारी दिए ।

‘१४ औं महाधिवेशन भदौ ७–१० मा गर्ने प्रस्ताव आएको छ ,’ उनले भने, ‘ प्रस्तावमाथि छलफल गरेर भोलिसम्म महाधिवेशनको मिति तय हुन्छ । ’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org