ताजा समाचार

मेरो अभिव्यक्तिले अदालतको अवहेलना हुनै सक्दैन : प्रचण्ड (पूर्णपाठ)

काठमाडौं । अदालतको अवहेलना मुद्दामा ‘आफैँ उपस्थित भएर जवाफ दिनू’ भनेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार सर्वोच्च अदालतमा लिखित जवाफ बुझाएका छन् ।

उनले माघ ९ गते भृकुटीमण्डपअगाडिको सभामा बोल्ने क्रममा अदालतलाई धम्क्याएको भन्दै अधिवक्ता समीर हायुले मुद्दा दर्ता गरेका थिए । त्यसको जवाफ दिँदै प्रचण्डले निवेदको दाबी झुटो भएको जिकिर गरेका छन् ।

उनले लिखित जवाफमा भनेका छन्, “निवेदकको बुँदा नम्बर ३–४ मा उल्लेख संवैधानिक व्यवस्था स्वीकार गरेर नै संवैधानिक अदालतमा हाम्रो पार्टीका सांसदले रिट निवेदन लिएर आएको तथ्य स्पष्ट नै छ ।

हरेक नागरिकले आफ्नो मुद्दामा जितको आश गर्नु सामान्य मानवीय स्वभाव हो । यस्तो कुरा स्मरण गर्नु, व्यक्त गर्नु मुद्दाको पक्षको अधिकार नै हो । तर, सो कुरा व्यक्त गर्न नै नपाउने, आशा, भरोसा गर्न नपाउने विधिशास्त्रीय कुराभित्र पर्दैन । फैसला अवज्ञा गर्ने वा फैसला उल्लंघन गर्ने भन्ने कुरा म र मेरो दलबाट हुनु हुँदैन । फैसलामा मुद्दाका पक्षले सन्तोष, असन्तोष व्यक्त गर्नु पनि स्वाभाविक हो ।”

पुर्णपाठः

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org